हुम्लाको मध्य भाग सर्केगाड गाउँपालिकामा सुशासन तथा सूचना सम्वन्धि २ दिने तालिम सम्पन्न भएको छ । आठ वटै वडाका अध्यक्ष, महिला जनप्रतिनिधि, गाउँपालिका कर्मचारी र कार्यपालिका सदस्यको सहभगिता सम्पन्न भएको हो । कार्यक्रममा २५ जना सहभागिको सहभागिता रहेको थियो । सुशासन तथा सूचनाको हक र सर्केगाडमा यसको अवस्थाको बारेमा छलफल गरिएको थियो ।तालिम पश्चात सिकेका कुरा आफ्नो वडामा लागु गर्ने सबै सहभागि वडा प्रतिनिधि र अध्यक्षले प्रतिवद्धता जनाएका छन् । किर्डाक, नेपाल र महिला कल्याण सेवाको अयोजना र सर्केगाड गाउँपालिका संगको समन्वयमा सञ्चालित कार्यक्रममा सहभागिले ४ बुदे सुशासन प्रर्वधन कार्ययोजना बनाएका छन् ।
तालिमको समापन कार्यक्रकमा बोल्दै कार्यवाहक अध्यक्ष गज बहादुर रावतले सर्केगाड बासिलाइ अव सुशासान र सूचनाको हक प्रत्याभुति गराउने प्रतिवद्धता जनाएका छन् ।
Post a Comment